भ्रष्टाचार गरेको भन्दै एनजीओकर्मीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक एनजीओका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

रौतहट जिल्लामा रहेको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवले महिला जनचेतना कार्यक्रमको सञ्चालन गर्ने भनी रौतहटको गढिमाई नगरपालिकासँग सम्झौता गरी रकम लिएकामा कार्यक्रम नै नगरी नक्कली बिल भरपाई तयार पारी १ लाख ७२ हजार २४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यादवले सम्झौता र कार्यादेश अनुसारको काम नगरेको र जनचेतना कार्यक्रमका नाममा नक्कली बिल भरपाई बनाएर पेस गरेको अख्तियारले जनाएको छ ।

अख्तियारको आरोपपत्रमा भनिएको छ,
‘जिल्ला रौतहट, सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले सेफ नेपाल नामक संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला रौतहट, स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर–५ रौतहटले लक्षित वर्ग अन्तर्गत जनचेतना मूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रमको लागि कार्यक्रम संचालन गर्न गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी कार्यादेश एवं अनुदानसमेत दिइएकोमा उक्त संस्थाका अध्यक्ष रामनरेश राय यादवले नक्कली बिल भरपाई तयार गरी रु.१,७२,२४०।– रकम खाई मास्ने उद्देश्य लिई सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानी नोक्सानी पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज रामनरेश राय यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ। ऐनको दफा ३९१० र दफा ३९१० को देहाय (घ) बमोजिम कैद र विगोबमोजिमको जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार