मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिनुभएको छ । महिला तथा सामाजिक समितिको बैठकमा उहाँले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको बताउनुभयो । उहाँले अब समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि सहयोग गर्नुहोस् ।’

निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउनुभयो ।‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने ?’ उहाँले भन्नुभयो, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ? यो के हो ? यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उहाँले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताउनुभयो । अनलाइनखरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार