मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने बताउनुभएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले पटक-पटक आग्रह गर्दै आएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाउने निर्णय गरेकोले उक्त निर्णय छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको थियो ।’छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले प्रधानमन्त्रीलाई भनेका भन्यै छौं।’उहाँले मन्त्रिपरिषद् पुनर्गठनको मिति भने तय नभएको बताउनुभयो।एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भने पनि उक्त निर्णय कार्यान्वयन भएको छैन । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार