मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।

समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार