मन्त्री झाक्रीको अर्थमन्त्रीप्रति आक्रोश : करिब साढे ५ सय योजना ५० लाखको मात्र किन ?

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले शहरी विकास सम्बन्धी करिब साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोख्नुभएको छ ।

गृह मन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमिति बैठकमा बोल्दै मन्त्री झाक्रीले राजनीतिक गफ गर्नका लागि मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो । मन्त्री झाँक्रीले देशको योजना व्यवस्थित नभएको, एउटा मन्त्रालयले दिएको नीति, कार्यक्रम अर्को मन्त्रालयले गोप्य राख्ने र बाहिर निकाल्दा छरपस्ट बनाएको आरोपसमेत लगाउनुभयो । ‘करिव करिव साढे ५ सय योजना ५० लाखको बनाएर शहरी विकासमा हालेपछि हुन्छ चाहीँ के ? पोल्टिसिएनलाई मात्रै गफ गर्ने।

हामी मात्रै गफ गर्ने हो। यो खालको विकराल अवस्था छ’, उहाँले भन्नुभयो, ‘व्यक्ति हस्तान्तरणको गफ गर्छौं। संघले छानेका आयोजना तल कार्यान्वयन गर भनेर दिनु कुन संघीयताको पक्षधरता हो ?’उहाँले बजेटका कारण करिब एक हप्ताको समय आफैं सामान्य रूपमा आउन नसकेको बताउनुभयो । मन्त्री झाँक्रीले शर्त गरेपछि कार्यान्वयन गर्नुपर्ने तरिकाले काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘हाम्रो प्लानिङ व्यवस्थित भएन।

एउटा मन्त्रालयले नीति कार्यक्रम बनाएर दियो, अर्को मन्त्रालयले लगेपछि यस्तो गोप्य राख्यो कि, बाहिर निस्किने बेलामा छरपस्ट, थामिनसक्नु, ६/७ दिन हामी आफैँ नै नर्मल कण्डिसनमा आउनुपर्ने भयो’, उहाँले भन्नुभयो, ‘त्यसैले यो अवस्थामा हामीले छलफल गरौं । वन मन्त्रालयले एआईए स्वीकृत गर्ने बेलामा सिसडोलमा यो यो काम गर भनेर शर्त राखेको रहेछ, ती शर्तहरुमात्रै पालना गरेको भए पनि आज फोहोरमैलाको यो अवस्था हुने थिएन।’

मन्त्री झाँक्रीले सबै विपद्का कार्यक्रम र योजना एकैपटक नभइ दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने हिसावले अघि बढ्नुपर्ने बताउनुभयो ।‘हामी शर्त राख्ने र कसैले कार्यान्वयन नगर्ने, यो हुँदै भएन र हामीले गरेको गफ पनि आदि मान्छे मरेपछि ब्युँतिने स्थिति आउँछ। जुनै सिजनमा पनि विपद् हुन्छ भन्ने कुरा ध्यानमा राखेर तयारी थालौँ। हामी एकैचोटी होइन, प्लानिङमा काम गरौँ,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार