मल अभावबारे देउवा, प्रचण्ड, माधव र उपेन्द्रलाई नै स्पष्टीकरण सोध्नुपर्छ : सुवाल

काठमाडौँ । सांसद प्रेम सुवालले किसानले मल नपाउनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका सबै नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग उठाउनुभएको छ ।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सुवालले मल नपाउनुको कारण देउवासँगै पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवलाई नै सोध्नुपर्ने बताउनुभएको हो । ‘यसबारे संसदले स्पष्टिकरण सोध्न जरुरी छ,’ सवालले भन्नुभयो, ‘यसबारे सभामुखबाट रुलिङ हुन जरुरी छ ।’

खेती लाउने समयमा मल नपाउँदा किसान समस्यामा परेकाले यस विषयमा संसदले स्पष्टिकरण सोध्नुपर्ने सुवालले बताउनुभएको हो । यस्तै, अहिलेको मल अभाव हटाउन बंगलादेश र रुससँग कुटनीतिक पहल सुरू गर्नुपर्ने उहाँको माग छ । यसैगरी, राष्ट्रसंघमा नेपालले रुसको विरुद्धमा भोटिङ गरेकाले पनि नेपालमा मल अभाव भएको सुवालले बताउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार