महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

काठमाडौँ । २८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ ।

यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल भएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विजेताहरुलाई संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरू प्रदान गरेका थिए । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार