मामाको हत्या आरोपमा भान्जा पक्राउ

काठमाडौँ । बाँसको लाठीले हिर्काएर मामाको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीमा एक जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

लालबन्दी नगरपालिका–११ हिरापुर पानी ट्यांकीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद भएको थियो। विवाद हुँदा रबिले मामा समेत रहेका अशोकलाई बाँसको लाठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । घाइते बनाएको खबरपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार