मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने कैलारी गाउँपालिकाको निर्णय

धनगढी । कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने कैलालीको कैलारी गाउँपालिकाले निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको जनाइएको छ।गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्रबहादुर बमका अनुसार ५० प्रतिशत कर छुट गर्ने निर्णय भएको छ।

यस्तै, सोही बैठकले नवजात शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नुन र तीन पिस साबुन दिने निर्णय पनि गरेको छ।यस्तै, गाउँपालिकाका कुनै पनि सुत्केरी महिलालाई कैलालीभित्र सुत्केरीको समयमा बिरामी भएर बाहिर लैजानु परेमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको बमले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार