मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

उपाध्यक्ष घर्ति मगर पुनले आगमी आर्थिक बर्षका लागि ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (सामाजिक सुरक्षा तथा संरक्षण भत्ता बाहेक) को बजेट प्रस्तुत गर्नुभयो । आन्तरिक आयतर्फ ५० लाख,संघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ ८ करोड ६४ लाख ७२ हजार,समपुरक अनुदान तर्फ ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ १८ करोड ५० लाख र विशेष अनुदान तर्फ ३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ ४६ लाख ,समपुरक अनुदान तर्फ ५० लाख र विशेष अनुदानतर्फ ५० लाख रुपैयाँ अनुमान गरिएको छ । भने चालु आर्थिक बर्षको मौज्दात तर्फ २ करोड रुपैयाँको बजेट अनुमान गरिएको छ । उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजिगत तर्र्फ १८ करोड २० लाख ६६ हजार र ,सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि,शिक्षा,स्वास्थ्य तथा विपद व्यवस्थापन ,पुर्वाधार विकास ,युवा स्वरोजगार ,पर्यटन , सिँचाई ,भवन निर्माण ,उर्जा ,संचार ,सामाजिक विकास नीति ,आर्थिक विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गाउँसभाबाट पारित निति तथा कार्यक्रम र बजेटलाई सफल रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी गाउँसभामा प्रस्तुत आर्थिक विद्येयक २०७९,विनियोजन विद्येयक २०७९ ,न्यायीक समितिको प्रतिवेदन २०७९ ,बार्षिक बजेट ,बिषयगत समिति गठन प्रस्ताव ,न्यायीक समिति र अनुगमन समिति गठन प्रस्ताव समेत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेले आगामी अािर्थक बर्षका लागि पारित निति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो । विद्येयक समितिका संयोजक तथ प्रवक्ता अनुप गौचनले दोस्रो गाउँसभाबाट पारित ,अनुमोदित तथा अध्यक्ष गर्बुजाबाट प्रमाणीकरण भएका कानुनहरुको नामावली प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी ,वडा नम्बर ३ का वडा अध्यक्ष मोतिप्रसाद बढा , ६ का वडा अध्यक्ष पथबहादुर रोका ,वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन र गाउँसभा सदस्य तुल्सीदेबी पुर्जाले बोल्नुभएको थियो ।कार्यक्रमको सहजिकरण योजना अधिकृत सोमबहादुर केसीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार