मेयर बालेनलाई आरजुको प्रश्न–रूटिन अफ नेपाल बन्दलाई कतिमा ‘हायर’ गर्नुभयो ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गर्नुभएको छ । बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको भनाइ छ।

सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा–एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताउनुभयो । ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उहाँले भन्नुभयो, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयोरु’स्वतन्त्र उठेर जितेकाहरूले कस्तो काम गर्छन् त्यो हेर्न बाँकी रहेको उहाँले बताउनुभएको छ ।

‘उनीहरूको काम कस्तो हुन्छ हेर्न बाँकी छ,’ उहाँले भन्नुभयो, ‘अहिले त स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ । पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा१’फरक प्रसंगमा उहाँले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको बताउनुभयो।

‘उहाँ (शेरबहादुर देउवा) पाँच पटक सत्ता सम्हालिसक्नुभयो। सत्ताको कुरा के हो भने, पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न जनतालाई भनेअनुसार काम गर्न गाह्रो छ,’ उहाँले भन्नुभयो, ‘कर्मचारीतन्त्रको दुनियाँ अर्कै छ, राजनीति गर्नेको दुनियाँ अर्कै छ। मिलाउन एकदमै गाह्रो छ।’उहाँले सयको स्पिडमा काम गरिहालौं भन्ने नेताको सोच भए पनि काम भने १० को स्पिडमा पनि नहुने गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने बताउनुभयो ।

‘म पदमा त बसेको छैन। मैले देख्छु कि प्रधानमन्त्री हुन पनि गाह्रो छ। उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ,’ उहाँले भन्नुभयो, ‘मिटिङ, सेमिनार, राजदूत, मन्त्री, को(को हो के हो।’स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको उहाँले बताउनुभयो । उहाँले आफूलाई सुशासनबारे चिन्ता लागेको उल्लेख गर्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार