मेयर बालेनले रियालिटी शो ‘नेपहपको श्रीपेच’ नछोड्ने

काठमाडौँ । काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिनुभएको छ । काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्‍याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिनुभयो।

उहाँले बालेन कार्यालयको काममा निकै व्यस्त भएता पनि शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएको बताउनुभयो। ‘बालेन मेयरका रूपमा निकै व्यस्त हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर शोमाको जजको भूमिका निर्वाह गर्नुभएको छ। उहाँ मेयर भइकन पनि एउटा एपिसोड छाँयाकन गरिएको प्रसारण गरिसकेको बताए।’

बालेनको व्यस्ततालाई ख्याल गर्दै सुटिङको समय सजिलो हुने गरी निर्धारण गरिएको उहाँले बताउनुभयो । उहाँले कार्यक्रमको एग्रिमेन्टअनुसार नै बालेन निर्णायकको रूपमा निरन्तरता भएको बताउनुभयो । शोको निर्णायक मण्डलमा मानस घले र गिरीश खतिवडा दुई र्‍यापर समेत छन् । ग्रान्ड फिनाले असार १४ गते हुने खड्काले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार