मेयर बालेन कार्यक्रम बीचमै छोडेर फर्किएको कुरा गलत : बागमती मुख्यमन्त्री सचिवालय

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सचिवालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । सोमबार र मंगलबार बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय जनप्रतिनिधिहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो।

तर मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौं र काठमाडौंवासीलाई गाली गरेकाले कार्यक्रम बीचमै छाडेर आएको भनेर मेयर बालेनले विज्ञप्ति जारी गरेका थिए। बुधबार मुख्यमन्त्री सचिवालयका स्वकीय प्रमुख सचिव उमेश रूपाखेतीले भन्नुभयो मुख्यमन्त्री पाण्डेले काठमाडौं र काठमाडौंबासीलाई गाली गरेका कारण मेयर शाह काठमाडौं फर्किएको कुरा गलत भएको बताउनुभयो।

उहाँका अनुसार कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्ने शिलशिलामा अर्थमन्त्री जम्कट्टेलले फोहोर व्यवस्थापन र ल्यान्डफिल साइटबारे कुरा उठाउनुभएको थियो । अर्थमन्त्री जम्कट्टेलले सो कुरा उठाउँदा मेयर आक्रोशित भएर प्रस्तुत भएको सचिव रूपाखेतीले बताउनुभयो ।अर्थमन्त्री जम्कट्टेलले काठमाडौं महानगरले आफ्नो फोहोर आफैं व्यवस्था गर्नुपर्ने र बञ्चरेडाँडामा फालेर धादिङ र नुवाकोटका जनतालाई पीडा दिन नहुने बताउनुभएको थियो ।

‘अर्थमन्त्रीले त्यसरी नभनेको भए हुन्थ्यो भनेर मुख्यमन्त्रीले संकेत गर्नु भएको थियो,’ उहाँले भन्नुभयो,‘मुख्यमन्त्रीले अर्थमन्त्रीको भनाइमा आफ्नो समर्थन पूर्णरूपमा नभएको बताउनु भएको थियो। त्यो अर्थमन्त्रीको निजी विचार भनेर प्रष्ट्याउनुभएको थियो।’उहाँले बालेन कार्यक्रम बीचमै छाडेर आएको कुरा पनि विभिन्न सञ्चार माध्यममा गलत समाचार सम्प्रेषण भएको बताउनुभयो।

‘बालेन जी कार्यक्रमको एक घण्टा अगाडि मात्र कार्यक्रम छाडेर हिँड्नु भएको हो,’ उहाँले भन्नुभयो, ‘मेयर बालेनको कार्यक्रम तालिकामै एक दिनमात्रै बस्ने थियो। उहाँ त्यसअनुसार नै फर्किनुभएको हो।’ गत जेठ २२ गते मेयर शाह मुख्यमन्त्री पाण्डेलाई भेट्न उहाँकै निवास स्वयम्भू पुग्नुभएको थियो । भेटमा मेयर शाहले फोहोर व्यवस्थापनको लागि आवश्यक सहयोग गर्ने मुख्यमन्त्री सहयोग गर्ने आश्वासन दिनुभएको थियो।

बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमबाट फर्केपछि उहाँले काठमाडौं र काठमाडौंवासीलाई गाली गर्दै समय र ऊर्जा खर्च भएको हुँदा फर्किएको बताउनुभएको थियो । मेयर शाहले विज्ञप्ति समेत जारी गर्दै भन्नुभएको थियो, ‘काठमाडौं राजधानी मात्रै होइन, अझ बागमती प्रदेशका लागि त एउटा पालिका मात्रै हो। काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँरकार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छाडेको हुँ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार