‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार भरतपुर वडा नंं ७ मध्यबिन्दु टोलस्थित प्रेमवस्ती कभर्ड हलको शिलान्यास कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो ।

भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताउनुभयो । ‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ, उहाँले भन्नुभयो, ‘यसको लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’

विकासका लागि महत्त्वकांशी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको स्मरण गर्नुभयो । मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग कुराकानी भएको उल्लेख गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार