म्याग्दीका पाँच जना पत्रकार पुरस्कृत (फोटो फिचर)

बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य पुरस्कृत हुनुभएको हो ।

पुरस्कृत पाँच जना पत्रकारहरुलाई सोमबार आयोजित जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका विच जनही दश हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको छ । खड्कालाई आर्थिक बर्ष २०७३÷७४,शर्मालाई २०७४÷७५,गौतमलाई २०७५÷७६,आचार्यलाई २०७६÷७७ र खत्रीलाई २०७७÷७८ को पुरस्कार प्रदान गरिएको हो ।

उक्त पुरस्कार पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य नरदेबी पुन, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख देबेन्द्रबहादुर केसी , प्रमुख राजकुमार थापा र समन्वय अधिकारी जानुका सुवेदीले वितरण गर्नुभएको हो ।

पुरस्कृत गौतम नागरिक दैनिक , बेनी साप्ताहिक र बेनी अनलाइन ,खत्री नयाँ पत्रिका दैनिक,समृद्ध साप्ताहिक र म्याग्दी अनलाइन ,खड्का कान्तिपुर दैनिक र पुनहिल ,शर्मा रासस र थाहा खबर तथा आचार्य गोरखापत्र दैनिक ,नवविकल्प साप्ताहिक र विकल्प न्युजमा आवद्ध हुनुहुन्छ । यस अघि उक्त पुरस्कारबाट सन्तोष गौतम पुरस्कृत हुनुभएको थियो ।

तत्कालिन जिविसले स्थापना गरेको दुई लाख रुपैयाँको कोषमा जिससले एक लाख रुपैयाँ थप गरी तीन लाख रुपैयाँ बनाएको छ । पत्रकारहरुबाट आवेदन संकलन गरी लेखेका समाचार मुल्याङ्कनको आधारमा छनौट गरीएको जिससका शाखा अधिकृत शालिकराम शर्माले बताउनुभयो । तस्बिर : म्याग्दी न्युज डटकम 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार