यात्रा गठबन्धनको, संकल्प समाजवादको मिलेन : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नमिल्ने बताउनुभएको छ ।

नरबहादुर कर्मचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवाद :चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम राखेको थियो, जसमा प्रमुख दलका शीर्ष नेताहरु वक्ता छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिइने बताउनुभयो ।

तर एमाले महासचिव पोखरेलले भने समाजवादबारे बहस गर्दा गठबन्धनको संकल्प गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्र गठबन्धनको, संकल्प समाजवादको मिलेको छैन ।’ यदि कांग्रेसलाई समाजवादी पार्टीका रुपमा स्वीकार नगर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर समाजवादको बहस गर्नु कार्यकर्ता अलमल्याउन मात्र हुने बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार