यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एकको मृत्यु

बझाङ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेको बताइएको छ। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोमा परी बोहराको मृत्यु भएको हो। उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन्।

मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन्। nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार