यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताउनुभयो ।

‘बाँकेको सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न भएको पाइएको छ । त्यसले गर्दा पनि उनीहरुलाई ओरियन्टेशन र शिक्षाको पाटो पाठ्यपुस्तकमा समेत जानकारीमुलक विषय थप्न जरुरी रहेको म सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्न चाहान्छु’, मन्त्री खाँणको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार