रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाइएको हो ।

जिल्ला प्रहरी र म्याग्दी जेसीजको समन्वय र कालिकामा स्थानीय स्काउटको समन्वयमा गाउँपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो । दिवसका अवसरमा लागुपदार्थ दुव्र्यसन, सामाजिक विकृति विसंगति अन्त्य गर्न ‘हामो समाज, राम्रो समाज’ अभियान सञ्चालन भैरहेका छन् । पिप्लेमा आयोजित कार्यक्रम वडा अध्यक्ष खिमबहादुर शाहीको अध्यक्षता गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीको प्रमुख आतित्यथा र शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक तिलक भारती, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले लागुऔषध दुव्र्यसनीले निम्त्याउने असर र त्यसबाट जोगिनका लागि ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रअ , विद्यार्थी, शिक्षक , जनप्रतिनिधि, तथा आमा समूह र युवा क्लबका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार