रत्नपार्कमा किसानले हलो जुवा बोकेर प्रदर्शन गर्न नपरोस् : खतिवडा

काठमाडौँ । एमाले सांसद घनश्याम खतिवडाले सरकारले खेतीका बेला मल उपलव्ध नगराए किसानहरुले रत्नपार्कमा हलो जुवा बोकेर आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभऐका छ । सोमबार प्रतिनिधिसभामा जरुरी महत्वको प्रस्तावमाथि छलफलमा भाग लिदै सांसद खतिवडाले रवि बालीमा मल नपाएका किसानहरू अब धान लगाउने बेलामा पनि मल नपाए रत्नपार्कमा हलो जुवासहित आन्दोलनमा आउन बाध्य हुने बताउनुभयो ।

‘रवि बालीमा पनि मल अभाव नै देखियो, अब धान वालीमा पनि अभाव देखियो भने किसानहरुले रत्नपार्कमा हलो जुवा बोकेर आन्दोलन गर्ने दिन नआओस्’, सांसद खतिवडाको सरकारलाई चेतावनी छ । उहाँले किसानको वेथा आफुहरुले संसदभित्र बोलेको भन्दै कृषि क्षेत्रमा सरकारको धेरै उदासिनता देखिएका बताउनुभयो । उहाँले नेपालमा १२ लाख मेट्रिक टन आवस्यक भएपनि सरकार केही मेट्रिक टन ल्याएर टार्ने प्रयासमा रहेको आरोप समेत लगाउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार