रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीबाट सिक्नु

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाउनुभएको छ । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमजोरीबाट पाठ सिक्न अनुरोध गर्नुभएको हो ।

‘तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौँ तिमी’, मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार