रवि लामिछानेलाई लक्षित गर्दै पोखरेलले भने-‘चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताउनुभएको छ । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो

सामाजिक सञ्जाल फेसबुकमा उहाँ लेख्नुहुन्छ -‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उहाँले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार