राजनीतिक यात्रामा सहकार्य गर्न रवि लामिछाने र रमेश खरेलबीच छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच कुराकनी भएको छ।समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो ।

दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ।‘राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो । लामिछानले हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्नुभएको थियो। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार