राजश्व अनुसन्धान विभागद्वारा ८ महिनामा ११५ वटा मुद्दा दायर

काठमाडौँ । राजश्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागले राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा गरेर उक्त मुद्दा दायर गरेको हो ।

विभागका अनुसार राजस्व चुहावट सम्बन्धि ६९ वटा मुद्धा दायर गरिएको छ । २०३ जनाविरुद्ध दायर गरिएको मुद्धामा कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार ७९० रुपैयाँ बिगो दाबी गरिएको छ । यस मुद्धामा १० अर्ब ३० करोड बिगो दाबी र १० अर्ब ३० करोड जरिवाना रकम राखिएको छ । यसैगरी, विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्धा दायर गरिएको छ ।

यसअन्तर्गत ७८ जनाविरुद्ध १ अर्ब १० कराड २१ लाख ४७ हजार ७८४ रुपैयाँ बिगो दाबी गरिएको छ । यसैगरी, यस अवधिमा भीसीटीएसमा ६६८ वटा फर्म/सवारीलाई कारबाही गरिएको छ भने यसमार्फत ३ करोड ४३ लाख २६ हजार रुपैयाँ संकलन भएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले २०७८ साल ६ महिना १८ गतेयता उक्त संख्यामा कारबाही तथा मुद्दा दायर गरिएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार