राप्रपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ । बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो ।

‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका छौं’, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभएको छ । राप्रपाले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय समेत गरेको छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार