राप्रपामा तोकिए थप चार विभाग प्रमुख

काठमाडौँ । राप्रपाले चार विभागका प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन्।

उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ। महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र केन्द्रीय सदस्य रोजेश गिरीलाई शिक्षा विभाग प्रमुख बनाइएको छ । ज्वाला संग्रौलालाई सामाजिक विभाग प्रमुखको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ।

यसैबीच निरन्जन थापाको संयोजकत्वमा रहेको विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइएको छ । धुलिखेलमा हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिले यो समिति बनाएको थियो । उक्त समितिमा महामन्त्री प्रल्हादप्रसाद शाह सदस्य सचिव र ऋषिबाबु परियार, सरस्वती केसी अधिकारी र राजु बस्नेत सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार