राप्रपामै फर्किए उद्धव र चन्द्रबहादुर

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किनुभएको छ । उहाँहरूले यही वैशाखमा राप्रपा नेपाल परित्याग गर्नुभऐको थियो ।

उहाँहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्नुभएको छ । राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा पौडेल र गुरूङले साथ दिनुभएको थियो ।

‘राप्रपा नेपालमा पौडेल उपाध्यक्ष र गुरूङ कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँहरूले केही समयअघि राप्रपा नेपालका अध्यक्ष थापालाई साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाउनुभएको थियो । पौडेल र गुरूङलाई राप्रपाले कुन जिम्मेवारी दिन्छ भन्ने खुलिसकेको छैन । राप्रपामा उहाँहरूको पुनरागमनले हामी हर्षित र उत्साहित छौं,’ अध्यक्ष लिङ्देनले भन्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार