रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उहाँले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गर्नुभयो ।

‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाज आउँछ ?’ उहाँले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै भन्नुभयो, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’ नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ ।

आइतबार शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँसु झार्नुभएको थियो । वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीले सबै नेताहरुलाई मन्त्री बन्न पालो पुर्‍याउन खोजेको भन्दै त्यो चरित्र समाजवादी नभएको बताउनुभएको हो । पौडेलले नारा समाजवादको गर्ने तर व्यवहार घोर प्रतिक्रियावादी समान्तवादीको गर्ने प्रवृत्ति देखिएको बताउनुभयो । ‘अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार