राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा शाह

काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनीत हुनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँलाई आज अध्यक्ष पदमा मनोनीत गरेको पत्र हस्तान्तरण गर्नुभएको हो ।

तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित अञ्जनालाई अध्यक्षमा मनोनीत गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । यसअघि संगठनको अध्यक्षमा कुन्ती शाही हुनुहुन्थ्यो । उहाँ महामन्त्री निर्वाचित भएपछि महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । पार्टीको भातृ संगठन हेर्ने संयोजित संगठन विभागका प्रमुख राजेन्द्र गुरूङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले अञ्जनालाई अध्यक्ष मनोनीत गर्नुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार