राष्ट्रिय सुरक्षा परिषद्लाई ‘डम्पिङ साइट’ बनाइयो : भट्ट

काठमाडौँ । नेकपा एमाले सांसद दीपकप्रकाश भट्टले नयाँ शीतयुद्धको अवस्थामा विश्व प्रवेश गर्दा नेपालका लागि महत्त्वपूर्ण हुने राष्ट्रिय सुरक्षा परिषद्लाई ‘डम्पिङ साइट’ बनाइएको बताउनुभएको छ । आर्थिक वर्ष २०७९–०८० को आर्थिक विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव राख्दै एमाले सांसद भट्टले प्रधानमन्त्री कार्यालय, रक्षा र गृह मन्त्रालय कुनैले पनि परिषद्को विषयलाई सम्बोधन नगरेको बताउनुभयो ।

‘विश्वव्यापी रूपमा डन्डो प्यासिफिक स्ट्राटेजी(आईपीएस) भनेर एउटा महाशक्ति आएको छ, चीनले ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स (जीएसआई)भनेर विश्वव्यापी कार्यक्रममा अघि बढेको अवस्था छ । फरक सभ्यता र राज्य प्रणाली भएको राज्यबीचमा हामी भूराजनीतिक र भूसामरिक विषयमा कसरी विश्लेषण गरिरहेका छौं र नीति लिइरहेका छौं ?’ भट्टको प्रश्न थियो, ‘सबैभन्दा चलायनमान र गतिशील हुनुपर्ने राष्ट्रिय सुरक्षा परिषदको विषयमा प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय कसैले पनि छोएको छैन ।

सबैले समन्वय गर्नुपर्ने परिषदलाई डम्पिङ साइट बनाइएको छ ।’उहाँले नयाँ शीतयुद्धको बाछिटाहरु नेपालसम्म आइपुगेको बताउनुभयो । भट्टले आन्तरिक नीतिकै विस्तारिक रूपमा विदेश नीति मान्यता भए पनि आन्तरिक नीति अस्तव्यस्त भएको बताउनुभयो ।’एउटा मन्त्रालयसँग अर्कोको समन्वय भएर अस्तव्यस्त रहेको समयमा विदेश नीति कसरी सञ्चालन हुन्छ सक्छरु बन्न सक्छ
‘परिचालन हुनसक्छ ?,’ भट्टले भन्नुभयो ‘दुई पक्षीय, क्षेत्रीय, उप क्षेत्रीय मञ्चहरूमा हाम्रो उपस्थिति निकै कमजोर देखिएको छ ।

जहाँ सवाल छ त्यसमा खर्च छुट्टाइएको छैन र ध्यान दिइएको छैन ।’उहाँले नेपाल अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाल सैनिक योगदानको हिसाबले पाँचौं स्थान छ तर रक्षा कूटनीतिको बारे केही नबोलिएको बताउनुभयो। ‘२५ वर्षदेखि आर्थिक कूटनीतिको कुरा गरिरहेका छौं तर संरचनाले काम गरेको छैनौं । सीमा सुरक्षाको विषयमा रक्षा, परराष्ट्र र भूमि व्यवस्था मन्त्रलायसँग समन्वय छैन ।

कसरी सुसंगत रूपमा विदेश नीतिलाई लैजानसक्छौं रुु उहाँले भन्नुभयो, ‘सात वटा प्रदेश र २ सय ५३ वटा स्थानीय तहका प्रमुख उपप्रमुखहरु अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा गइरहनु भएको छ र अन्तर्राष्ट्रिय नेटवर्कमा हुनुहुन्छ ? हामीले कहाँ समन्वय र सहकार्य गरिरहेका छौं ?’ भट्टले गैरआवासीय नेपालीहरुको सीप, लगानी भित्र्याउन विभिन्न कार्यक्रम भए पनि संयन्त्र नभएको बताउनुभयो । ‘संयन्त्र छैन ? काम कसरी हुन्छ,’ भट्टले भन्नुभयो, ‘भवन बनाउने भनेर लेखेको छ यो परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालय दुवैतिर रहेको छ ।’ ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार