रेशम चौधरीको रिहाइसहितका माग राखेर लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीको अबिलम्ब रिहाइको माग पनि गरिएको छ। पहिला तत्कालीन राष्ट्रिय जनता पार्टीमा रहेका चौधरीले अहिले श्रीमतीका नाममा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेर स्थानीय चुनाव लडिसकेका छन्।

लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्ब नागरिकता दिनुपर्ने, मधेशी, थारू, आदिवासी जनजातिलगायतको सम्मान, पहिचान र अधिकारका लागि संविधान संशोधन गर्नुपर्ने, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग ज्ञापन पत्रमा राखेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार