लोसपाले नागरिकताको कुरा संसदमा उठाउने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नागरिकताको समस्या संसदमा उठाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या तत्कालै समाधान गर्ने आश्वासन दिएपनि हालसम्म त्यसमा कुनै प्रगति नभएको कारण अब यस विषयलाई संसदमै उठाउने लोसपाले जनाएको छ ।

लोसपाका कार्यकारिणी सदस्य एवं संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले भन्नुभयो, ‘नागरिकताको समस्या समाधानलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको आज १२ दिन भइसक्यो तर अहिलेसम्म त्यसको सुरसार पनि भएको छैन, यो बीचमा हामीले ताकेता दिनका लागि जेठ ३० गते पनि हामीले प्रधानमन्त्री देउवालाई भेटेका थियौं छिट्टै गर्छौ भन्नुभएको थियो । तर अहिलेसम्म केही भएको छैन । त्यसैले हामी सोमबारदेखि संसदमा यो कुरा उठाउँछौँ ।’

सुरुमा शान्तिपूर्ण तरिकाले यो विषय उठाउने र नभए संसद अवरोध गर्नेसम्म नीति लिने उहाँले बताउनुभयो । नागरिकतालगायतका विभिन्न माग लिएर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र दिँदा सरकारको लागि बार्गेनिङ गरेको भ्रम समेत फैलाइएको उहाँको भनाइ छ । त्यसका कुनै सत्यता नरहेको बताउँदै उहाँले आफूहरु मधेशी जनताको आवाज उठाएको जिकिर गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार