वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ ।

‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिएका’ भारतका विदेश सचिव विनयमोहन क्वात्राले बताउनुभयो ।

युद्धले पूर्वी युरोपमाका साथै अन्य स्थानमा खाद्य सुरक्षामा परेको प्रभावको चर्चा गर्दै शान्ति प्रवद्र्धन एवम् द्वन्द्वको अन्त्य हुनुपर्ने प्रधानमन्त्री मोदीले जी सेभेन नेताहरूलाई बताएका उहाँले संवाददाताहरूलाई जानकारी दिनुभयो ।

त्यसअघि प्रधानमन्त्री मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै युक्रेन र रूसका राष्ट्रपतिबीचको प्रत्यक्ष वार्ताले जारी द्वन्द्व समाधान तथा शान्ति प्रयासमा ठूलो सहयोग पुग्ने सुझाव दिनुभएको थियो । उहाँले युक्रेका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि वार्ता गर्दै द्वन्द्वबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको थियो ।

युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ।एकहजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गर्नुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार