विदेशमा बस्ने नेपालीलाई पनि मतदान अधिकार दिनुपर्छ : कांग्रेस सांसद पन्त

काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताउनुभएको हो।

मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै सांसद पन्तले विदेशिएका नेपालीले सो अधिकार गुमाइरहेको उल्लेख गर्नुभयो । ‘नागरिकको सबभन्दा ठुलो अधिकार भनेको मतदान गर्ने अधिकार हो । मतदान गर्न पाउने उसको नैर्सगिक अधिकार हो । मौलिक हकमा पनि छ । नैर्सगिक अधिकारलाई नेपाली नागरिकले गुमाइराखेका छन्’ उहाँले भन्नुभयो । कुल मतदाताको २० प्रतिशत विदेशमा रहेको भन्दै पन्तले ती नागरिकलाई मतदान गर्न पाउने संवैधानिक हकबाट वञ्चित गराउन नहुने बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार