विध ल्याबका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए । तर उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरेका थिए ।

तर अख्तियारले त्यो दावी स्विकार गरेन र, ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ ।विशेष, अदालतमा दायर मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । उनकै साथमा रहेको सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न माग गरेको छ ।

गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी बिध ल्याबको सञ्चालन गर्ने बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । पछिल्ला दिनमा भण्डारी सञ्चालक रहेका कम्पनीहरु सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको छ ।उनी असार २०७७सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तरगतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारीका रुपमा थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार