विवादित राज्यमन्त्री विमलालाई राजीनामाको दबाब

दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट गर्ने ‘अमर्यादित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट राजीनामा दिनुपर्ने दबाब रहँदै आएको छ ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेँ,’ बुधबार बिमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराउनुभएको थियो । तर विमलाले भने राजीनामा बुझाउन नमानेको र उहाँलाई मन्त्री पदबाट हटाउने पक्का छ । स्रोतका अनुसार विमलाले आफूले राजीनामा नदिने र सरकार आफैंले कारबाही गरेर पदमुक्त गर्न भन्नुभएको छ । ‘म राजीनामा दिन्नँ, तपाईंहरूले नै कारबाही गरेर पदबाट हटाउनुस् भन्नुभयो,’ स्रोतले भन्यो ‘उहाँले आफै राजीनामा नदिने भएपछि अब उहाँलाई पदमुक्त गर्ने पक्का भएको छ।’

विमलाले आफूले मन्त्री पदबाट राजीनामा दिनुपरे सांसद र पार्टीबाट समेत राजीनामा दिने धम्कीसमेत दिनुभएको थियो । उहाँले आफूले मन्त्री पदबाट मात्रै नभई सांसद र पार्टीबाट पनि राजीनामा दिने बताउनुभयो । ‘मलाई मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ उहाँले भन्नुभयो, ‘तर मैले मन्त्रीबाट मात्रै हैन, सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिन्छु भने पछि उहाँहरू जानु भएको हो।’ तर उहाँले आफूले राजीनामापत्रमा हस्ताक्षर गरेर कसैलाई पनि नबुझाएको तर राजीनामा दिएको भनेर कसरी भनियोरु भन्दै प्रश्न समेत गर्नुभयो।

‘मैले राजीनामा पत्रमा कतै हस्ताक्षर गरेको छैन, तर राजनामा दिएको भनेर उहाँहरूले कसरी भन्नु भयो मलाई थाहा छैन,’ उहाँले भन्नुभयो ‘तर राजीनामा दिनै परे मैले मन्त्रीबाट मात्रै दिन्नँ।’ अब मुख्यमन्त्रीले पदमुक्त गरेको खण्डमा पनि सांसद र पार्टीबाट राजीनामा दिने तयारीमा विमला हुनुहुन्छ । तपाईलाई राजीनामा दिनका लागि दबाब दिईएको होरु यो प्रश्नमा विमलाले भन्नुभयो, ‘राजनीति फाईदाको खेल हो भन्ने तपाईंलाई थाहै छ, यही फाइदाको खेलमा अनेकन घटना हुन्छन्, योभन्दा बढी म अहिले केही बोल्दैन।’

प्रदेश सांसद श्रीमान् उत्तर कुमार ओलीको निधनपछि विमला राजनीतिमा आउनुभएको थियो । कहिले माओवादीमा प्रवेश गरेको, पुनः एमालेमा फर्किएको र फेरी माओवादीमै कायम रहेको भनेर फरक फरक सूचना प्रवाह गरेकी उहाँको राजनीतिक ओज पनि घट्दै गएका बेला मन्त्री ओहदालाई भुलेर तुलसीपुरका एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उहाँकी ६ वर्षीया छोरीमाथि गरेको अभद्ररअमर्यादित व्यवहार गरेको उहाँमाथि आरोप छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार