विवाहको उमेर २० वर्ष कायम गर्नुहुँदैन : विश्वकर्मा

काठमाडौं । काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्न नहुने बताउनुभएको छ । नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताउनुभएको हो । विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उहाँको भनाइ छ ।

आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले विवाहको उमेर २० वर्ष कायम गर्दा प्रहरी र वकिललाई मात्र फाइदा पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१८ र २० वर्ष बीचको दुई वर्षमा खासै फरक पर्दैन, तर यहि उमेर हदका कारण १८ वर्षमा बिहे गर्नेलाई प्रहरीले जरिवाना गरेको पाइएको छ ।’ २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेले धेरै समस्या झेल्नुपरेका कारण १८ वर्ष बनाउनुपर्ने उहाँको तर्क छ । साथै, जन्मिएको बच्चालाई समेत जन्मदर्ता नदिएर अनाथ बनाइएको उहाँले बताउनुभयो ।

‘विवाह भनेको व्यक्तिहरूबीच स्वतन्त्र सहमति हो । यो विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो र जीवनसाथी छान्न पाउने अधिकार व्यक्तिमा निहित रहँदा पनि उमेरका कारणले दण्डित हुनुपर्ने कानुन न्याय संगत छैन’ उहाँले भन्नुभयो, ‘हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरिएका कारणले मातृ मृत्युदर र बाल मृत्युदर न्युनिकरण भएको हो’ उहाँले भन्नुभयो, ‘विवाहको कानुनले मात्रै यो समस्या न्युनिकरण भएको होइन ।’ जनप्रतिनिधिले सकेसम्म मुद्दा घटाउने तर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार