विवेकशील साझा त्यागेर काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवारी दिने अब्दुस मियाँको घोषणा

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ । विवेकशील साझाको युवा संगठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताउनुभयो।

प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानून निर्माताका रूपमा युवाको सहभागीता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ बताउँनुभएको छ। ‘देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाट सक्षम युवालाई उम्मेदवारी दिन म आह्वान गर्दछु,’ उहाँले भन्नुभयो । अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूले काठमाडौं ६ बाट उम्मेदवारी दिने उहाँले घोषणा गर्नुभएको हो ।

उहाँले नेपाललाई शान्ति क्षेत्र बनाउन पहल गर्नेजस्ता एजेन्डा अघि सार्नुभएको छ । उहाँले विवेकशील साझाप्रति लक्षित गर्दै तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको ‘च्याप्टर नै क्लोजु भएको बताउनुभएको छ । ‘पार्टीमा अध्यक्षले ल्याएको प्रस्तावमा पार्टीभित्रै विभिन्न धारणा थिए। त्यसले सही ट्याक लिन नसकेपछि पार्टी अहिले कोमामा छ, त्यो च्याप्टर क्लोज भयो,’ उहाँले भन्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार