व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइयो : ज्ञवाली

काठमाडौँ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर आत्मसन्तुष्टि लिइएको एमालेका सांसद प्रदीप ज्ञवालीले बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको पनि आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा ज्ञवालीले प्रधानन्यायाधीशलाई काम गर्न नदिई महाभियोग लागेको अवस्थामा नै घर पठाउन लागिएको बताउनुभयो । ‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको छ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगायै घर पठाउन खोजिएको छ ।

यसले कसैको तुस आत्मसन्तुष्टि होला तर संस्था कमजोर हुन्छ,’ उहाँले भन्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले २०७८ फागुन १ गते विभिन्न आरोपसहित महाभियोग लगाएका थिए । संसद्मा महाभियोग सिफारिस समिति बने पनि त्यसमा महाभियोग नपठाएको अवस्थामा सांसद ज्ञवालीले विरोध गर्नुभएको हो ।

सर्वोच्च अदालतलाई विवादमा तानिएको र संस्था कमजोर पार्न खोजिएको ज्ञवालीको भनाइ थियो । अब नेपाली सेनालाई पनि कमजोर पार्न खोजिएको हो कि भन्ने आशंका भएको ज्ञवालीको भनाइ थियो । ‘सेनालाई विवादमा ल्याउने, त्यसलाई भित्रैबाट कमजोर पार्ने कसैको षडयन्त्रमा त परेनौं भन्ने लागेको छ,’ उहाँले भन्नुभयो । विदेशमा पत्र पठाउँदा परराष्ट्र मन्त्रालयको राय लिने व्यवस्था अनिवार्य गर्नुपर्ने एसपीपीको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार