शिक्षक संघले जनप्रतिनिधिलाई ग¥यो सम्मान (फोटो फिचर)

धनिलाल गर्बुजा

म्याग्दी । नेपाल शिक्षक संघ रघुगंगाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । शनिबार वडा नम्बर ४ स्थित दर्मिजामा नेपाल शिक्षक संग रघुगांगको आयोजनामा स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुन लगायत विभिन्न वडाका वडाअध्यक्षहरुलाई सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको उदघाटन गर्दै  अध्यक्ष भण्डारीले पालिका भित्र  शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न आफु लागी परेकाे बताउनुभयो । गाउँपालिकाको विकासको लागि आफू रातदिन नभनि लाग्ने र सबैलाई त्यसरी नै लाग्दै सहयोग गर्न अनुरोध समेत गर्नुभयो । ‘अहिले सम्म ६जना शिक्षक ६ जना बालबिकास सहजकर्ता गाउँपालिकाको स्रोतबाट ब्यवस्थापन गरेका छौं  । यो सालको बजेटबाट पनी के कती शिक्षक ब्यवस्थापन गर्न सक्छौं  थोरै भए पनी हामीले फेरी शिक्षक थप गर्ने सोचमा रहेको यहाँहरु माझ प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उहाँले भन्नुभयो।

गाउँपालिका भित्र २१६ वटा पहिरोको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको उहाँले बताउनुभयाे । कुईने मंगले-८ मा रहेको चौरखानी, चिमखोलाको- ७ मालाङ, पाखापानी-६ रायखोर र दग्नाम-४ को पहिरो रोकथामको लागी मुख्य प्राथमिकतामा रहेको अध्यक्ष भण्डारीले बताउनुभयो।

उपाध्यक्ष पुनले आफु कुनै राजनीतिक प्रतिशोधको भावना नराखी काम गर्ने बताउनुभयो। ‘हिजो पार्टीको भएपनि अब साझा भएर हरेक किसिमका विकास निर्माणका कार्यहरूमा राजनीतिक पूर्वाग्रह त्यागेर जनमतको ईच्छा आकांक्षाहरुलाई एकै चोटी संवोधन गर्न नसकेता पनी धैर्यताको साथ क्रमबद्धरुपमा अगाडी बढाउने छु,’ उहाँले भन्नु भयो।

संघका पुर्व अध्यक्ष तथा प्रअ युकुमार गर्बुजाले शिक्षा क्षेत्रमा धेरै समस्याहरु रहेकोे बताउनुभयो। ‘जब सम्मा शिक्षा क्षेत्रमा ति समस्यको समधान हुदैन तब सम्म शैक्षिक जगते अग्रगति लिन सक्दैन,’ उहाँले भन्नु भयो। सबै बिद्यालय तहमा कम्प्यूटर शिक्षाको महत्व रहेको तर सरकारले जनशक्ति उपलव्ध नगराएको भन्दै  आगमी आर्थिक बर्षदेखी पालिका स्तरबाट एकजना कम्प्युटर शिक्षकको व्यवस्था गरिदिन जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रममा कांग्रेसका पालिका सभापति तथा वडा नम्बर ६  पाखापानी  वडा अध्यक्ष मनकुमार सेरपुजा, झिँ ५ का वडा अध्यक्ष मनप्रसाद सेरपुजा, दग्नाम ४ का वडा अध्यक्ष पविन गर्बुज, ८का वडा सदस्य यामकुमारी घर्ती र अगेन्द्र छन्त्यालले मन्तव्य राख्नु भएको थियो।

संघका अध्यक्ष गुन पुनको अध्यक्षता, उपाध्यक्ष खिम छन्त्यालको स्वागत र अर्थ सचिव गिता फगामीले सञ्चालन गरेको कार्यक्रमा बिभिन्न नृत्य सहित जनप्रतिनिघि, आमा समुह, क्लव, अग्रज ब्याक्तित्व शिक्षक शिक्षिका नृत्य कलाकार लगाएका १७० मा बढीको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार