संसदमा सांसदलाई सुविधा पुगेनः गुरुङ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले संघीय संसद भवनको क्यान्टिनमा ढिलासुस्ती र लापरबाही हुने गरेको दुखेसो गर्नुभएको छ । उहाँले पिउने पानी पनि सहज रुपमा नपाइने दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘खानलाई क्यान्टिन गयो ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ। शौचालय गयो भुइभरी पानी पोखिएको हुन्छ।

पिउने पानी ठाउँमा गए कतै गिलास हुँदैन। कतै पानी हुँदैन। कतै तातोपानी हुँदैन। यो परिसरभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदलाई बन्देज हुनु हुँदैन । माननीय भनेको सबैले मान्नैपर्ने व्यक्ति भन्ने बुझिन्छ। सुरक्षाकर्मीहरु कसैले अभिनन्दन गरेको छ, कसैले गर्‍या छैन। लापरबाही गरेको छ।’उहाँले संसद भवनभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदहरुलाई बन्देज नगर्न आग्रह गर्नुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार