सप्तरीमा बस दुर्घटना : एकको मृत्यु, ११ घाइते

काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बिहान पौने ११ बजे विराटनगरबाट कटारी जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टिएर दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकबाट २० फिट तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनापश्चात् गाडीमा सवार घाइते ७ यात्रुलाई उपचारको लागि भारदह अस्पताल र ४ जनालाई स्थानीय मेडिकल कलेजमा लगिएको छ। प्रहरीले चार जनाको अवस्था गम्भीर रहेको र ७ जनाको अवस्था सामान्य रहेको जनाएको छ । प्रहरी नायब उपरीक्षक काफ्लेले उपचारको लागि पठाइएको बस चालक फरार रहेको बताउनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार