सभापति देउवालाई प्रदीप पौडेलले बुझाए प्रतिवेदन

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सम्बन्धि अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समिति अन्तर्गतको उपसमितिका संयोजक प्रदीप पौडेलले सभापति देउवालाई प्रतिवेदन बुझाउनुभएको हो ।

स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यदेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापतिलाई बुझाइएको पौडलले बताउनुभयो । पौडेलले आज दिउँसो १ बजे बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा उक्त प्रतिवेदन केन्द्रीत विषयमा अन्तक्रिया कार्यक्रम राख्नुभएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार