समयमै मल नआउनुमा वर्तमान मात्रै होइन, पूर्ववर्ती सरकार पनि दोषी छ : सांसद विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

मल ल्याउने कृषि सामग्री कम्पनीका माथिल्ला कर्मचारीलाई अख्तियारले कारबाही गरेपछि अहिलेका कर्मचारीले काम गर्न नसकेको भन्दै उहाँले सरकारको बचाउ गर्नुभएको हो । ‘अख्तियारले मल ल्याउने कर्मचारी समाउनु भनेको पहिलेको सरकारको पालामा यहाँ समस्या थियो भन्ने हो नि,’ सांसद विश्वकर्माले भन्नुभयो,‘ मल नआइपुग्नु दुःखद् कुरा हो, मल चाहिन्छ, तर यसमा वर्तमान सरकार मात्रै दोषी छैन ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार