सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न भारत पुगे कृषि मन्त्री

काठमाडौँ । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि ताकेता गर्न भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत पुग्नुभएको छ । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत जानुभएको मन्त्री यादवले सो कार्यक्रमलगत्तै भारतका रसायन तथा उर्वर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनुहुनेछ ।

भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्नेहुनुभएको छ । मन्त्री यादवका प्रेस सहयोगी सत्यप्रकाश यादवका अनुसार व्यापार सहजीकरण, अलैंची चिया निर्यात, हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका भैंसी आयात गर्ने विषयमा पनि छलफल हुनेछ । न्युज कारखानाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार