सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र बुझाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो।उनलाई प्रहरीले मंगलबार ललितपुरको थसिखेलबाट पक्राउ गरेको हो। पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै तिमल्सिनाले नक्कली चारित्रिक प्रमाणपत्र पेस गरेका थिए।उनले उक्त क्याम्पसबाट मानविकी र सामाजिक विज्ञान संकायमा स्नातक गरेको ट्रान्स्क्रिप्ट किर्ते गरेको आरोप छ। किर्ते गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार