सांसदहरुले उठाएका जनसरोकारका विषयबारे प्रधानमन्त्री ज्यू बेखर हुनुहुन्छः सांसद थापा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरुले उठाएका सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले राष्ट्र, राष्ट्रियता, परराष्ट्र मामिला, जनसरोकारका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुलाई दिने गरी रुलिङ गर्न अध्यक्ष तिमिल्सिनासँग माग गर्नुभएको छ ।

उहाँले सांसदहरुले पछिल्ला दिनमा उठाएका सवालहरुबारे प्रधानमन्त्री देउवा आफैं बेखवर रहेको भन्दै आपत्ति जनाउनुभयो । सांसद रावलले सरकारले शैक्षिक सत्र सुरु भएको दुई महिना बढी हुँदा पनि विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा पुर्‍याउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सांसद रावलले मनसुन सुरु हुनु अघिनै विपद् व्यवस्थापनका लागि गर्नुपर्ने तयारी समेत सरकारले नगरेको गुनासो गर्नुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार