सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ।

तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ। यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार