स्वतन्त्र पत्रकार संघमा पुनः बास्तोला

नवलपुर । स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा कृष्णप्रसाद बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । संघका संस्थापक अध्यक्ष बास्तोला आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक हुन्।

संघको शनिबार नवलपुरस्थित मौलाकालिका मन्दिर परिसरमा सम्पन्न चौंथो अधिवेशनले आगामी २ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति वरिष्ठ उपाध्यक्षमा काठमाडौंका केबि सम्राट, उपाध्यक्षमा कास्कीकी तिर्सनालक्ष्मी गुरुङ, बाँकेका नीरज गौतम र रुपन्देहीका वीरेन्द्र पाण्डे सर्वसम्मत् भए । काठमाडौंका महेशविक्रम कुँवर महासचिवमा निर्वाचित हुँदा उपमहासचिवमा मकवानपुरका सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापति र कास्कीका कल्याण पन्त निर्वाचित भए। कोषाध्यक्षमा ललितपुरका बद्रीबहादुर दुलाल चयन भए । सहकोषाध्यक्षमा रुपन्देहीकी सीता दर्नाल छानिएकी छन् । सदस्यमा दाङका शरद शर्मा, रुपन्देहीका प्रेमबहादुर बुढाथोकी, दाङका डिलाराम भण्डारी र सुनसरीका निर्मला पोखरेल निरु, दाङका जीतसागर जिएम (जनजातितर्फ) र दीपक कुमाल (अल्पसंख्यकतर्फ) निर्वाचित भए।

फेरि अध्यक्षमा निर्वाचितपछि संघ अध्यक्ष बास्तोलाले संस्थाका सदस्यको विश्वासलाई कुठाराघात नगर्ने विश्वास दिलाए । उनले आफू सदस्यकै सल्लाह र सुझावमा अघि बढ्ने बताए । संघका ८१ सदस्य कार्यक्रममा उपस्थित थिए । संघका सल्लाहकार नारायण कार्की संयोजक रहेको समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो।यसअघि संघको १० औं वार्षिक साधारण सभा तथा चौंथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले स्वच्छ पत्रकारिता गरेर छवि उँचो बनाउन पत्रकारलाई सुझाव दिए । निस्वार्थ पत्रकारिताले चौंथो अंगको मर्यादा बढाउने उनको भनाइ थियो।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले २०६८ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखामा राजनीतिक भागवण्डाका आधारमा नयाँ समिति बनाइएपछि त्यसविरुद्ध आन्दोलित पत्रकारले स्वतन्त्र पत्रकार संघ गठन गरेको स्मरण गराए । संघ हाल २८ जिल्लामा बिस्तारित भइसकेको जानकारी पनि बास्तोलाले सो अवसरमा दिए । सो अवसरमा संघले विभिन्न पत्रकारलाई पुरस्कृत गरेको थियो। आदर्शसमाजबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार