स्वास्थ्य राज्यमन्त्री बिमलामाथि प्रदेश सरकारले छानविन गर्छ : स्वास्थ्य मन्त्री चौधरी

दाङ । महिलामाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली माथि प्रदेश सरकारले छानविन गर्ने जनाएको छ। प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरीले स्वास्थ्य राज्यमन्त्री वलीले महिला र बालिकामाथि कुटपिट गरेको घटनाका सम्बन्धनमा सरकारले छानविन गर्ने जानकारी दिनुभयो ।

‘घटना के हो रु कसरी भयोरु भन्ने सम्बन्धनमा सरकारले छानविन गर्नु पर्छ र गर्छ,’ मन्त्री चौधरीले भन्नुभयो ‘मैले पनि अहिले नै उक्त घटनाका बारेमा एकिन बुझ्न पाएको छैन।’ साथै उहाँले यो घटनाका सम्बन्धमा माओवादी पार्टीभित्र पनि छानविन हुने जानकारी दिनुभयो । वली माओवादी सांसद हुनुहुन्छ । स्वास्थ्य राज्यमन्त्री वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती मिना र उहाँकी छोरीलाई घरभित्रै पसेर कुटपिट गरेपछि उहाँ अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार